काठमाडौं, १६ साउन । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आगामी भदौ ३ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँको १०० प्रतिशत अर्थात १ः१ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । जस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २७ गते बुकक्लोज गरेको थियो । तसर्थ असार २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरमा भदौ २३ गतेसम्म आवेदन दिन सकिनेछ ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।