काठमाडौं, ९ भदौ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख ९७ हजार ५ सयरुपैयाँमा कारोबार थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आइतबार प्रतितोला २ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।