काठमाडौं, १० भदौ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार प्रतितोला १ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । हिजो सोमबार प्रतितोला २ हजार ३५५ रुपैयाँ कायम भएको चाँदी आज २ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।