काठमाडौं, १६ भदौ । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । शुक्रबारदेखि सुनको मूल्यले रेकर्ड तोड्दै आएको छ । आज पनि सुन तोलामा १ हजार ७ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ, यो मूल्य हालसम्मकै उच्च हो । यसअघि शुक्रबार २ लाख ६ सय रुपैयाँ पुगेको सुन आइतबार ३ हजार बढेर २ लाख ३ हजार ६ सय कायम भएको थियो । यी दुवै दिन सुनको मूल्यले रेकर्ड ब्रेक गरेको थियो ।
यस्तै, आज चाँदीको मूल्यले पनि आइतबारको रेकर्डलाई तोडको छ । आइतबार प्रतितोला २ हजार ४२५ रुपैयाँमा कारोबार भएर नयाँ रकेर्ड बनाएको चाँदीले आज यो रकर्ड तोडेर २ हजार ४७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।