काठमाडौं, ३० भदौ । नेपाल बीमा प्राधिकरणले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिपूर्ति दाबी गर्न बीमितहरूलाई आह्वान गरेको छ।
प्राधिकरणले जारी गरेको सूचनामा सो आन्दोलनमा परेको क्षतिलाई बीमालेखको प्रावधान अनुसार दाबी गर्न सकिने उल्लेख छ । बीमितहरूले आवश्यक कागजातसहित सम्बन्धित बीमा कम्पनीमा दाबी पेश गर्न आग्रह गरिएको हो ।
साथै तोकिएको अवधिभित्र दाबी भुक्तानी नगरेमा वा दायित्व निर्धारणमा ढिलासुस्ती भएमा बीमितले बीमा प्राधिकरणमै उजुरी दिन सक्ने प्रावधानसमेत सूचनामा समावेश गरिएको छ ।