काठमाडौं, ३० भदौ । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । कारोबारको अघिल्लो दिन आईतबार सुन प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्यले भने निरन्तर नयाँ रेकर्ड बनाउदै गएको छ । आज चाँदी प्रतितोला २ हजार ५७५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार चाँदी २ हजार ५७० रुपैयाँमा कारोबार भएको थियो ।