काठमाडौं, ३१ भदौ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । अघिल्लो कारोबार दिनको तुलनमा आज सुन तोलामा १ हजार ९०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि २७ भदौमा सुन प्रतितोला २ लाख १५ हजार ८ सयमा कारोबार हुँदै नयाँ रेकर्ड बनाएको थियो, यो रेकर्ड आज तोडिएको हो ।
सोमबार छापावाला सुन प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्यले भने निरन्तर नयाँ रेकर्ड बनाउँदै गइरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज चाँदी तोलामा २० रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो । सोमबार प्रतितोला २ हजार ५७५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।