काठमाडौं, २ असोज । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा अज सुन तोलामा ९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला २ हजार ५५० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।