काठमाडौं, ३ असोज । शेयर बजारमा पछिल्लो समय देखिएको उतारचढाव र लगानीकर्तामा आएको निराशालाई सम्बोधन गर्न अर्थमन्त्री रामेश्वर खनालले चार सदस्यीय कार्यदल गठन गरेका छन् ।
शुक्रबार मन्त्रालयस्तरीय निर्णयमार्फत गठित कार्यदलको संयोजकका रूपमा नेपाल धितोपत्र बोर्ड (सेबोन)का कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीलाई तोकिएको हो ।
कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेप्सेका कामु कार्यकारी निर्देशक निरन्जन फुयाँल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य रहेका छन् । निरौला नै सदस्य–सचिव रहने छन् ।
हालै जेनजी आन्दोलनपछि एक साताभन्दा बढी बन्द भएको शेयर बजार बिहीबार खुलेको दिन नै १६० अंकले तल झरेपछि सरकारले तत्कालै पहलस्वरूप कार्यदल गठन गरेको हो ।