काठमाडौं, ५ असोज । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ हजार १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ, यो मूल्य हालसम्मकै उच्च हो । यसअघि भदौ ३१ गते पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।
अघिल्लो कारोबार दिन शुक्रबार भने सुन प्रतितोला २ लाख १६ हजार रुपैयाँमा रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्यले भने नयाँ रेकर्ड बनाएको छ । आज चाँदी प्रतितोला २ हजार ६२० रुपैयाँमा कारोबार भएको छ, यो मूल्य हालसम्मकै उच्च हो ।