काठमाडौं, ७ असोज । नेपाली बजारमा मंगलबार सुन हाल सम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार ९ सय रुपौयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला २ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला २ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ६८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
