काठमाडौं, ८ असोज । नेपाली बजारमा बुधबार पनि सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन प्रतितोला १३ सय रुपौयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख २३ हजार रुपैयाँमा कारोबार भईरहेको छ, यो मूल्य हालसम्मकै उच्च मूल्य हो । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला २ हजार ६८० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
