काठमाडौं, ९ असोज । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को दुई महिनामा सार्वजनिक ऋणको दायित्व ६९ अर्ब ३२ करोड रुपैयाँ थपिएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आवको सुरुमा तिर्न पर्ने बाँकी ऋण २६ खर्ब ९४ अर्ब ४ करोड रुपैयाँ रहेकोमा गत भदौ मसान्तसम्ममा बढेर २७ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँ पुगेको हो । जसमध्ये आन्तरिक ऋण १२ खर्ब ८१ अर्ब ८२ करोड अर्थात् ४६ दशमलव ७२ तथा बाह्य ऋण १४ खर्ब ६१ अर्ब ५४ करोड रुपैयाँ अर्थात् ५३ दशमलव २८ प्रतिशत रहेको छ ।
देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा सार्वजनिक ऋणको हिस्सा ४४ दशमलव ९२ प्रतिशत हो । जसमध्ये आन्तरिक ऋण जीडीपीको २० दशमलव ९९ र बाह्य ऋण २३ दशमलव ९३ प्रतिशत छ ।