काठमाडौं, ९ कात्तिक । तिहार बिदा पछि खुलेको पहिलो कारोबार दिन नेप्से परिसूचक ५ दशमलव १९ अङ्कले बढेको छ । यो सँगै नेप्से २ हजार ५०९ दशमलव ०४ को बिन्दुमा कायम भएको छ । तिहार बिदा अघि परिसूचक १६ दशमलव ६७ अङ्कले बढेर बन्द भएको थियो ।
आइतबार नेप्से बढे पनि यस दिन कारोबार रकम भने घटेको छ । तिहार अघिको अन्तिम कारोबार दिन २ अर्ब ७९ करोड रुपैयाँबराबरको कारोबार भएकोमा भएको आज २ अर्ब ६६ करोड १३ लाख रुपैयाँबराबरको मात्रै कारोबार भएको छ । यस दिन ५५ लाख ९६ हजार ७७ कित्ता शेयर २७ हजार ८९९ पटक किनबेच हुँदा ७ अर्ब ९१ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार ३१३ धितोपत्र कारोबारमा आए, जसमध्ये १४६ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ९८ धितोपत्रको मूल्य बढेको छ भने ४ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ८ वटा समूहको उपसूचक घट्दा ५ समूहको उपसूचक बढेको छ । फाइनान्स समूहको उपसूचक सबैभन्दा धेरै ०.७२ प्रतिशतले घटेको छ । त्यस्तै, होटल एण्ड टुरिजमको ०.५७, बैंकिङको ०.३५, लगानी समूहको ०.३४, हाइड्रोपावरको ०.३३, विकास बैंकको ०.२९, माइक्रोफाइनान्सको ०.२३ र म्युचुअल फण्डको उपसूचक ०.२१ प्रतिशतले घटेको छ ।
यस दिन अन्य समूहको उपसूचक ३.०५, व्यापारको ०.८४, जीवन बीमाको ०.७३, निर्जीवन बीमाको ०.८ र उत्पादनमुलक समूहको उपसूचक ०.०२ प्रतिशतले बढेको छ ।
आइतबार १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा समता घरेलु लघुवित्तको ८.८९ प्रतिशत बढेको छ । त्यस्तै, हिमालयन पावर पार्टनरको ७.६३, नेपाल पुनर्बीमाको ७.१०, महिला लघुवित्तको ६.०५, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ५.७० तथा भूगोल इनर्जीको ५.०८ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज तारागाउँ रिजेन्सीको शेयर मूल्य सबैभन्दा धेरै ७.१६ प्रतिशतले घटेको छ । त्यस्तै, भगवती हाइड्रोपावरको ७.१३, एसियन हाइड्रोपावरको ५.१६, उन्नति सहकार्य लघुवित्तको ४.७२ तथा आत्मनिर्भर लघुवित्तको ४.६२ प्रतिशत मूल्य घटेको छ ।
