काठमाडौं, १० कात्तिक । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजारले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार सुन तोलामा ११ हजार ६ सयले घटेर २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो कारोबार दिन प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
