काठमाडौं, १२ कात्तिक । नेपाली बजारमा बुघबार पनि सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ७ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । मंगलबार प्रतितोला २ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ९६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
