काठमाडौं, १६ कात्तिक । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ३० दशमलव ७५ अङ्कले बढेर दुई हजार ६३१ दशमलव १४ बिन्दुमा कायम भएको हो ।
आज २ अर्ब ९७ लाख ३८ हजार १३९ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २० करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार हुँदा ७ अर्ब ५१ करोड ३९ लाख रुपैयाँको कारोबार भएको थियो ।
आज २०५ धितोपत्रको शेयर मूल्य बढ्दा ४२ को घटेको छ । यस्तै ३ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३१९ धितोपत्र कारोबारमा आएका छन् ।
आइतबार १३ समूहको उपसूचकमध्ये व्यापार (१ दशमलव १ प्रतिशत) बाहेक सबै बढेको छ । यसदिन फाइनान्स समूहको उपसूचक सर्वाधिक ५ दशमलव १८ प्रतिशतले बढेको छ ।
यस्तै जीवन बीमा ४ दशमलव ३५, माइक्रोफाइनान्स १ दशमलव ३८, निर्जीवन बीमा १ दशमलव ३३, अन्य १ दशमलव २३, हाइड्रोपावर १ दशमलव १८, होटेल तथा पर्यटन १ दशमलव २, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९६, बैंकिङ शून्य दशमलव २९, विकास बैंक शून्य दशमलव ९, लगानी शून्य दशमलव ८ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव १ प्रतिशतले घटेको छ ।
आज पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा सामुदायिक लघुवित्त, पञ्चकन्या माइ हाइड्रोपावर, गुर्खास फाइनान्स, पिपुल्स पावर, तेह्रथुम पावर रहेका छन् ।
यसदिन खानी खोला हाइड्रोपावर ४ दशमलव ७६, एनआइसी एशिया फ्लेक्सि क्याप फण्ड ४ दशमलव ०२, हिमालयन पावर पार्टनर, नेपाल माइक्रो इन्सुरेन्स ३ दशमलव ६४ र ग्लोबल आइएमी बैंकको शेयर मूल्य ३ दशमलव ६ प्रतिशतले ह्रास आएको छ ।
