काठमाडौं, १७ कात्तिक । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८ दशमलव २४ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ६ सय २२ दशमलव ८९ को बिन्दुमा बन्द भएको छ । बुधबार परिसूचक ३० दशमलव ७५ अङ्कले बढेर २,६३१ को बिन्दुमा कायम थियो ।
आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ९ अर्ब २० करोडको कारोबार भएकोमा आज ६ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड २१ लाख ८५ हजार ३८८ कित्ता शेयर ५४ हजार ८९२ पटक किनबेच भएको छ ।
सोमबार ३३३ धितोपत्र कारोबारमा आए, जसमध्ये १७२ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ७२ धितोपत्रको मूल्य बढेको छ भने ३ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ७ वटा समूहको उपसूचक घट्दा ६ समूहको उपसूचक बढेको छ । यस दिन हाइड्रोपावर र जीवन बीमा समूहको उपसूचक सबैभन्दा धेरै १ दशमलव ०५ प्रतिशतले घटेको छ । त्यस्तै, लगानी समूहको ०.७०, माइक्रोफाइनान्सको ०.६३, बैंकिङको ०.२२, फाइनान्सको ०.१२ र निर्जीवन बीमा समूहको उपसूचक ०.१ प्रतिशतले घटेको छ ।
व्यापार समूहको उपसूचक ०.९३, म्युचुअल फण्डको ०.२९, उत्पादनमुलक समूहको ०.२५, विकास बैंकको ०.११ र अन्य समूहको उपसूचक ०.४२ प्रतिशतले बढेको छ ।
मुक्तिनाथ कृषि कम्पनी र एक्सल डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै रिभर फल्सको ४.४९ र सिवम् सिमेन्टको ४.०९ प्रतिशतले शेयर मूल्य बढेको छ । मूल्य बढ्नेमा अधिकाशं डिबेन्चर रहेका छन् ।
इस्टर्न हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, सामुदायिक लघुवित्तको ७.३७, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ५.९२ पिपुल्स हाइड्रोपावरको ४.६८ र उन्नति सहकार्य लघुवित्तको ४.५५ प्रतिशतले शेयर मूल्य घटेको छ ।
