काठमाडौं, १९ कात्तिक नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ हजार एक सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार सुन १४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी पनि तोलामा २५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ९९० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
