काठमाडौं, २० कात्तिक। यस साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११ दशमलव २९ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ५९६ दशमलव १३ को बिन्दुमा बन्द भएको छ । बुधबार परिसूचक १२ दशमलव १७ अङ्कले बढेर ६०७ को बिन्दुमा कायम थियो ।
आज परिसूचक घटे पनि कारोबार रक मभने बढेको छ । बुधबार ४ अर्ब ६८ करोडको कारोबार भएको मा आज ५ अर्ब ४१ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ८ लाख ६८ हजार १४६ कित्ता शेयर ५० हजार ४३७ पटक किनबेच भएको छ ।
बिहीबार ३२० धितोपत्र कारोबारमा आए, जसमध्ये १६५ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ७७ धितोपत्रको मूल्य बढेको छ भने ९ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये २ समूहको उपसूचक बढ्दा बाँकी सबै समूहको उपसूचक घटेको छ । निर्जीवन बीमा समूहको उपसूचक सबैभन्दा धेरै १ प्रतिशतले बढेको छ । त्यस्तै, हाइड्रोपावरको ०.६८, जीवन बीमाको ०.५७, विकास बैंकको ०.५४, बैंकिङको ०.४३, फाइनान्सको ०.१७, होटल एन्ड टुरिजमको ०.२५, व्यापार समूहको ०.२१, माइक्रोफाइनान्सको ०.१३, लगानी समूहको ०.११ र अन्य समूहको उपसूचक ०.१३ प्रतिशतले घटेको छ ।
म्युचुअल फण्डको ०.१९ र उत्पादनमुलक समूहको उपसूचक ०.११ प्रतिशतले बढेको छ ।
बिहीबार दरामखोला हाइड्रोपावर र माबिलुङ इनर्जीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, उपकार लघुवित्तको ८.१५, उन्नति सहकार्य लघुवित्तको ८.११ र मानुषी लघुवित्तको ७.९७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज सम्पदा लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । पिपुल्स पावरको ४.३७, मोदी इनर्जीको ३.०७ र इस्र्टन हाइड्रोपावरको २.९८ प्रतिशतले शेयर मूल्य घटेको छ ।
सबैभन्दा धेरै कारोबार हुनेमा शिवम् सिमेन्ट, राधि विद्युत्, हिमालयन डिस्टिलरी, एनआरएन इन्फ्रास्ट्रक्चर र युनियन हाइड्रोपावर रहेका छन् ।
