काठमाडौं, २१ कात्तिक । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहीबार सुन ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३७ हजार ८ रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी पनि बढेको छ । बुधबार प्रतितोला ३ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
