काठमाडौं, २३ कात्तिक । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन शुक्रबार सुन प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला ३ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ३ हजार १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
