काठमाडौं, २४ मंसिर । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ७ दशमलव ७७ अङ्कले घटेर दुई हजार ६०६ दशमलव २९ बिन्दुमा कायम भएको हो ।
आज ८६ लाख ४७ हजार ९४८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७३ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ३ अर्ब ७५ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ७९ धितोपत्रको शेयर मूल्य बढ्दा १६९ को घटेको छ । यस्तै ९ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२९ धितोपत्र कारोबारमा आएका छन् ।
बुधबार म्युचुअल फण्ड शून्य दशमलव ३९ प्रतिशतले बढेको छ, यस बाहेक सबै समूहको उपसूचक घटेको छ ।
यसदिन हाइड्रोपावर शून्य दशमलव ६६, फाइनान्स शून्य दशमलव ५७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४२, अन्य शून्य दशमलव ३९, निर्जीवन बीमा शून्य दशमलव ३५, लगानी शून्य दशमलव ३२, विकास बैंक र माइक्रोफाइनान्स समान शून्य दशमलव २९, जीवन बीमा शून्य दशमलव २१, होटेल तथा पर्यटन शून्य दशमलव १३, बैंकिङ शून्य दशमलव ०५ र व्यापार समूहको उपसूचक शून्य दशमलव ०२ प्रतिशतले घटेको छ ।
।
आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा मुक्तिनाथ कृषि कम्पनी र स्वस्तिक लघुवित्त रहेका छन् । यस्तै एसवाइ प्यानल नेपाल ९ दशमलव ९७, लक्ष्मी लघुवित्त ८ दशमलव ७६ र थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य ७ दशमलव १४ प्रतिशतले बढेको छ ।
आज झापा इनर्जी ९ दशमलव ३, हिम स्टार ऊर्जा ५ दशमलव ०५, सुपर मादी हाइड्रोपावर ४ दशमलव ५९, मावुलिङ इनर्जी ४ दशमलव ४९ र मनकामना इन्जीनियरिङ हाइड्रोपावरको शेयर मूल्य ३ दशमलव ६२ प्रतिशतले ह्रास आएको छ ।
