काठमाडौं, २५ मंसिर । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा एक हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीकोमुल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । आज चाँदी प्रतितोला ३ हजार ८०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ,यो मुल्य हालसम्कै उच्च हो । अघिल्लो दिन बुधबार प्रतितोला ३ हजार ७५० रुपैयाँमा कारोबार भएको चाँदी नयाँ रेकर्ड कायम गरेको थियो ।
