काठमाडौं, २६ मंसिर । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनाम आज सुन तोलामा ३ हजार ५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदी पनि हालसम्मकै उच्च मूल्यमा कारोबार भईरहेकोछ । बिहीबार प्रतितोला ३ हजार ८०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ९०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
