काठमाडौं, १ पुस । नेपाली बजारमा आज सुन उच्च मूल्यबाट घटेको छ । अघिल्लो कारोबार दिन सोमबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुन आज तोलामा १ हजार ७ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला २ लाख ६९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सोमबार सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा पुगेको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । सोमबार प्रतितोला ३ हजार ८७० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ८८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
