काठमाडौं, १ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८ दशमलव ३७ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ६ सय २० को बिन्दुमा बन्द भएको छ । सोमबार परिसूचक ६ दशमलव ७४ अङ्कले बढेर २६०१ को बिन्दुमा कायम थियो ।
आज कारोबार रकम भने घटेको छ । सोमबार ३ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ३ अर्ब २९ करोड ४२ लाखमा झरेको छ । यस दिन ७८ लाख ४ हजार ४५ कित्ता शेयर ५५ हजार ७८ पटक किनबेच भएको छ ।
मंगलबार ३२५ धितोपत्र कारोबारमा आए, जसमध्ये १८७ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ६१ धितोपत्रको मूल्य घटेको छ भने ११ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये व्यापार समूहको उपसूचक सामान्य घट्दा बाँकी सबै समूहको उपसूचक बढेको छ । विकास बैंक समूहको उपसूचक सबैभन्दा धेरै १.५६ प्रतिशतले बढेको छ । त्यस्तै, होटल एण्ड टुरिजमको १.४९, निर्जीवन बीमाको ०.८९, माइक्रोफाइनान्सको ०.८६, हाइड्रोपावरको ०.७७, जीवन बीमाको ०.६९, लगानी समूहको ०.६८, उत्पादनमुलकको ०.४६, फाइनान्सको ०.४१, बैंकिङ समूहको ०.३५, म्युचुअल फण्डको ०.१३ र अन्य समूहको उपसूचक १.४५ प्रतिशतले बढेको छ । व्यापार समूहमा भने शून्य दशमलव ०१ प्रतिशतले ह्रास आएको छ ।
मंगलबार तीन कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशत बढ्ने कम्पनीमा स्वस्तिक लघुवित्त, नारायणी डिभलपमेन्ट बैंक र एसवाई प्यानल नेपाल रहेका छन् । त्यस्तै, बाराही हाइड्रोपावरको ७.०४, लुम्बिनी विकास बैंकको ५.८१ र कालिका लघुवित्तको ५.७० प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयर मूल्य सबैभन्दा धेरै ४.१६ प्रतिशतले बढेको छ । त्यस्तै, बोटलर्स नेपाल (बालाजु)को २ प्रतिशत र हिमस्टार उर्जाको १.९५ प्रतिशतले शेयर मूल्य घटेको छ ।
