काठमाडौं, २ पुस । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ५ दशमलव ७० अङ्कले बढेर दुई हजार ६२५ दशमलव ७ बिन्दुमा कायम भएको हो ।
आज ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ ।
आज १४३ धितोपत्रको शेयर मूल्य बढ्दा १०४ को घटेको छ । यस्तै ११ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३२ धितोपत्र कारोबारमा आएका छन् ।
बुधबार १३ समूहको उपसूचकमध्ये १० को बढेको छ भने तीन उपसूचक घटेको छ ।
आज फाइनान्स १ दशमलव ७५, विकास बैंक शून्य दशमलव ७१, जीवन बीमा शून्य दशमलव ६६, म्युचुअल फण्ड शून्य दशमलव ४९, बैंकिङ शून्य दशमलव ३१, हाइड्रोपावर शून्य दशमलव १३, माइक्रोफाइनान्स शून्य दशमलव ०७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४ र लगानी समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले बढेको छ ।
यसैगरी होटेल तथा पर्यटन ३७, निर्जीवन बीमा शून्य दशमलव ३६ र व्यापार समूहको उपसूचक शून्य दशमलव २७ प्रतिशतले घटेको छ ।
आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा एसवाइ प्यानल नेपाल र स्वस्तिक लघुवित्त रहेका छन् । यस्तै नारायणी डेभलपमेन्ट बैंक ८ दशमलव ३३ र माइ खोला हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव ३३ प्रतिशतले बढेको छ ।
आज बारही हाइड्रोपावर पब्लिकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै अपर सिङ्गे हाइड्रोपावर ३ दशमलव २१, इस्ट्रन हाइड्रोपावर ३ दशमलव ०९, शुबम् पावरको शेयर मूल्य २ दशमलव ३७ प्रतिशतले ह्रास आएको छ ।
