काठमाडौं, ३ पुस । पछिल्लो समय चाँदीले दैनिक नयाँ रेकर्ड बनाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज चाँदी तोलामा २५ रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ८० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी ४ हजार ५५ रुपैयाँमा कारोबार हुँदै रेकर्ड बनाएको थियो, यो आजै तोडिएको हो ।
त्स्तै आज सुनको मूल्य पनि तोलामा ७ सय रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ५९ हजार ७ रुपैयाँमा कारोबार भएको थियो ।
