काठमाडौं, ६ पुस । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन शुक्रबार सुन प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने तोलामा १०० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ४ हजार ५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार १०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
