काठमाडौं, ९ मंसिर । अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त भएकी छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई अस्ट्रेलियाको राजदूत नियुक्त गरेका हुन् ।
यादव गत १६ असोजमा बसेको संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएकी थिइन् ।
संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई अस्ट्रेलियाका लागि आवसीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।
नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।