काठमाडौं, १० मंसिर । यस साताको कारोबारको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ दशमलव १८ अङ्कले बढेको छ । सोमबार परिसूचक १५ दशमलव १८ अङ्कले बढेर २ हजार ६ सय ८३ दशमलव २४ को विन्दुमा बन्द भएको छ ।
आज कारोबार रकम भने घटेको छ । एक करोड २२ लाख ६३ हजार ७८० कित्ता शेयर ६५ हजार ८२४ पटक किनबेच हुँदा ६ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन आइतबार ७ अर्ब ७२ करोडको कारोबार भएको थियो ।
सोमबार ३०९ धितोपत्र कारोबारमा आए, जसमध्ये १६९ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ६७ धितोपत्रको मूल्य घटेको छ भने ९ वटा धितोपत्रको मूल्य स्थिर छ ।
यस दिन कारोबार भएका १३ समूहको उपसूचकमध्ये उत्पादनमुलक समूह र म्युचुअल फन्डको बाहेक सबै समूहको उपसूचक बढेको छ । आज फाइनान्स समूहको उपसूचक सबैभन्दा बढी सर्वाधिक २.२७ प्रतिशतले बढेको छ । त्यस्तै निर्जीवब बीमाको १.२७, होटल एन्ड टुरिजमको १.२४, विकास बैंकको १.२१, लगानी समूहको १.०५, हाइड्रोपावरको ०.४४, जीवन बीमाको ०.२३, माइक्रोफाइनान्सको ०.१९, बैंकिङको ०.११, व्यापार समूहको ०.०९ र अन्य समूहको उपसूचक १.६८ प्रतिशतले बढेको छ ।
आज म्युचुअल फन्ड समूहको उपसूचक ०.३२ प्रतिशत र उत्पादनमुलक समूहको उपसूचक ०.२३ प्रतिशतले घटेको छ ।
सोमबार सामुदायीक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै बेस्ट फाइनान्स र सुपर मादी हाइड्रोपावरको शेयर मूल्य समान ९.९१, कर्पाेरेट डिभलपमेन्ट बैंकको ९.८५, स्वाभीमान लघुवित्तको ९.७८, सप्तकोशी डिभलपमेन्ट बैंकको ९.६९, बिन्ध्यवासिनी हाइड्रोपावरको ८.५९, एनएलजी इन्स्योरेन्सको ७.४८, थ्री स्टार हाइड्रोपारको ७.२० र कर्णाली डिभलपमेन्ट बैंकको ५.६६ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज ङादी ग्रुप पावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै १०.२५ प्रतिशत नेपाल एसविआई बैंक डिबेन्चर २०८३ को ५.३१, सिटिजन्स सुपर ३० म्युचुअल फन्डको ५.०६, जानकी फाइनान्स कम्पनीको ३.४६, मध्य भोटेकोशी जलविद्युत कम्पनीको २.९० प्रतिशतले शेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, बेस्ट फाइनान्स, नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेड कम्पनी क्रमशः अगाडि छन् ।