काठमाडौं, १६ मंसिर । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले शनिबार मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रति लिटर एक रुपैयाँले बढाइएको छ ।
यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर दुई र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलो लिटर अमेरिकी डलर १५ का दरले बढाइएको छ । खाना पकाउने एल. पि. ग्यासको मूल्य हाललाई यथावत् राखिएको निगमले विज्ञप्तिमा जनाएको छ ।