काठमाडौं, १७ मंसिर । काठमाडौँ महानगरपालिकाले विद्युत् प्रसारण लाइनमुनि रहेका घरटहरा तथा संरचना हटाउन आग्रह गरेको छ ।
महानगरपालिकाले एक सूचना जारी गर्दै आफ्नो स्वीकृति लिएर संरचना निर्माण गर्नुपर्नेमा कतिपय भवनहरु मापदण्ड विपरीत प्रसारण लाइनमुनि वा मापदण्डले तोकेको भन्दा बाहिर भएर निर्माण गरेको पाइएको भन्दै ३५ दिनभित्र सो संरचना हटाउन आग्रह गरेको हो ।
विद्युत् प्रसारण लाइन आसपास भवन निर्माण गर्दा विद्युत् ऐन २०४९ र विद्युत् नियमावली २०५० ले तोकेबमोजिममा प्रावधान पालना हुनुपर्ने उल्लेख गर्दै यस्तो प्रावधानको उल्लघन् भएको पाइएको महानगरले जनाएको छ ।
मापदण्डअनुसार २३० केभीदेखि ११ हजार केभीसम्मको प्रसारण लाइनभन्दा १२५ मिटर र सोभन्दा माथिको क्षमताकोमा १।५ मिटर टाढा रहनुपर्ने प्रावधान छ ।
तोकिएको समयभित्र संचचना आफैँ नहटाए कानुन बमोजिम कारबाही अगाडि बढाइने सूचनामा उल्लेख छ ।