काठमाडौं, १७ मंसिर । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छन् ।
कांग्रेस–एमाले गठबन्धनकी उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनलाई फराकिलो मतान्तरले हराउँदै उनी विजयी भएकी हुन् ।
माओवादीकी बुढाले ३ हजार ६ सय २७ मत प्राप्त गरिन् । कांग्रेसको चुनाव चिह्नमा लडेकी एमालेकी तुलाचनले २ हजार १ सय २८ मत पाइन् ।
यसअघि २०७९ मा माओवादीबाट निर्वाचित भूपेन्द्रा बुढाको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो । त्यसबेला पनि उक्त गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धनलाई पराजित गर्दै भूपेन्द्रा विजयी भएकी थिइन् । भूपेन्द्राको गत २८ भदौमा सवारी दुर्घटनामा मृत्यु भएको थियो ।