काठमाडौं, २३ मंसिर । नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको छ । यो संगै सुनको मूल्य फेरि १ लाख ५० हजार तल झरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँका कारोबार भएको छ ।
अघिल्लो दिन सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १ हजार ८६५ रुपैयाँ कायम भएको महाससंघले जनाएको छ ।