काठमाडौं, २४ मंसिर । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२ दशमलव ८४ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक १५ दशमलव १८ अङ्कले बढेर २ हजार ६ सय ७६ दशमलव १५ को विन्दुमा कायम भएको छ ।
नेप्सेमा आएको ह्राससँगै आज कारोबार रकम पनि घटेको छ । १ करोड १५ लाख २३ हजार ३ कित्ता शेयर ६२ हजार ७५८ पटक किनबेच हुँदा ५ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन आइतबार ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सोमबार ३१७ धितोपत्र कारोबारमा आए, जसमध्ये १३८ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ९२ धितोपत्रको मूल्य बढेको छ भने १३ वटा धितोपत्रको मूल्य स्थिर छ ।
यस दिन कारोबार भएका १३ समूहको उपसूचकमध्ये ८ वटा समूहको उपसूचक घट्दा छ समूहको उपसूचक बढेको छ । आज सबैभन्दा धेरै जीवब बीमा समूहको उपसूचक १.६७ प्रतिशतले घटेको छ । त्यस्तै निर्जीवन बीमाको १.१६, व्यापार समूहको १.३०, होटल एन्ड टुरिजमको ०.८३, विकास बैंकको ०.६८, माइक्रोफाइनान्सको ०.६१, हाइड्रोपावरको ०.५४ र बैंकिङ समूहको उपसूचक ०.४६ प्रतिशतले घटेको छ ।
आज उत्पादनमुलक समूहको उपसूचक सर्वाधिक १.०६ प्रतिशतले बढेको छ । त्यस्तै लगानी समूहको ०.७६, फाइनान्सको ०.१५, म्युचुअल फन्डको १.१४ र अन्य समूहको उपसूचक ०.११ प्रतिशतले बढेको छ ।
सोमबार इमर्जिङ नेपालको शेयर मूल्य सबैभन्दा धेरै ८.७६ प्रतिशतले बढेको छ । त्यस्तै महिला लघुवित्तको ७.१४, १०.२५ % सिटिजन बैंक डिबेन्चर २०८६ को ६.११, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.०३, हिमालयन डिस्टिलरीको ५.९९ र समाज लघुवित्तको ३.९७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज स्वाभिमान लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै खानिखोला हाइड्रोपावरको ८.२१, लाइफ इन्स्योरेन्स कर्पाेरेसन नेपालको ७.२५, सुपर माइ हाइड्रोपावरको ३.८७ र नेपाल फाइनान्सको ३.८० प्रतिशतले शेयर मुल्य घटेको छ ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन डिस्टिलरी, जोशी हाइड्रोपावर, जानाकी फाइनान्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन क्रमशः अगाडि छन् ।