काठमाडौं, ८ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पछिल्ला महिना नेपालको आयात व्यापारमा सुधार हुन थालेको छ । चालू आर्थिक वर्षको भदौमा थोरै बढेर असोजमा घटेको आयात त्यसपछिका महिनामा बढ्न थालेको हो । आवको पहिलो चार महिनामा ० दशमलव २ प्रतिशतले बढेको आयात पछिल्लो महिना अर्थात् मंसिरसम्म आइपुग्दा ३ प्रतिशतले बढेको छ ।
आवको पहिलो पाँच महिनामा साढे ६ खर्ब रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार पहिलो पाँच महिनामा रू. ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाखको वस्तु आयात भएको हो, जुन कुल वैदेशिक व्यापारको ११ दशमलव १३ प्रतिशत हो । सो आवधिमा रू. ७३ अर्ब ६५ करोड ९७ लाखको वस्तु निर्यात भएको छ । गत मंसिर मािन्तसम्ममा रू. ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाखको वैदशिक व्यापार भएको छ । गत वर्षको यसै अवधिमा रू. ७ खर्ब ५ अर्ब ४१ करोड ६३ लाख वैदशिक व्यापार भएको थियो ।
चालू आवको पहिलो पाँच महिनामा सबैभन्दा धेरै वस्तु आयात हुने देशमा भारत रहेको छ । भारतबाट रू. ४ खर्ब १० अर्ब ५५ करोड ६६ लाखको वस्तु आयात भएको छ । सो अवधिमा दोस्रो धेरै आयात हुने देशमा चीन छ । यसपछि तेस्रो, चौथो र पाँचौं धेरै निर्यात गर्नेमा क्रमशः अर्जेन्टिना, युक्रेन र अमेरिका रहेको छ ।
आयात धेरै हुने प्रमुख दश देश
स्रोत : भन्सार कार्यालय
२०८१ को मंसिरसम्ममा सबैभन्दा धेरै निर्यात हुने देशमा भारत नै रहेको छ । भारतबाट रू. ५२ अर्ब १ करोडको निर्यात भएको छ । सो अवधिमा दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै निर्यात गर्ने देशमा क्रमशः अमेरिका, जर्मनी, चीन र बेलायत रहेका छन् ।
निर्यात धेरै हुने प्रमुख दश देश
स्रोत : भन्सार कार्यालय