काठमाडौं, २८ फागुन । चालू अर्थिक वर्ष (आव)को माघ महिनामा डिजिटल माध्यममार्फत करिब ५७ खर्ब रुपैयाँ भुक्तानी भएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत माघमा ५७ खर्ब १० अर्ब ५३ करोड रुपैयाँ डिजिटल भुक्तानी भएको छ, जुन गत आव २०८०/८१ को यसै अवधिकोे तुलनामा ३० दशमलव ७६ प्रतिशत बढी हो । सो आवको माघमा ४३ खर्ब ६७ अर्ब रुपैयाँ भुक्तानी भएको थियो ।
माघमा सबैभन्दा धेरै भुक्तानी आरटिजीएसमार्फत भएको छ । यो प्रणालीबाट ३८ खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ भएको छ । यो गतवर्षको यसै अवधिको तुलनामा ३६ दशमलव ६१ प्रतिशत बढी हो । गतवर्ष २८ खर्ब २२ अर्ब ८६ करोड रुपैयाँ भएको थियो । यसपछि इसिसिमार्फत ४ खर्ब ९१ अर्ब २१ करोड, फास्टर पेमेन्ट सिस्टममार्फत ४ खर्ब १८ अर्ब १४ करोड र मोबाइल बैंकिङबाट ४ खर्ब ७ अर्ब ९३ करोड रुपैयाँ भुक्तानी भएको छ ।
कुन प्रणालीबाट कति भुक्तानी ? (रू. १० करोडमा)
स्रोत : नेपाल राष्ट्र बैंक
चालू आवको असोजदेखि क्रस बोर्डर क्यूआरको पनि शूरूआत भएको छ । यद्यपि शूरूदेखि माघसम्ममा १ अर्ब ६ करोड २० लाखको भुक्तानी भएको तथ्याङ्क छ । यस प्रणालीबाट असोजमा १३ करोड ९० लाख, कात्तिकमा १५ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको थियो भने मंसिरमा १९ करोड ३० लाखको भुक्तानी भएको थियो भने पुसमा ३१ करोड ४० लाख र माघमा २६ करोड रुपैयाँ भएको छ ।