नेपाली सेनाले सैनिक पदका लागि दरखास्त खुला गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै नेपाली सेनामा रिक्त रहेका प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरू खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपुर्ति गर्नको लागि दरखास्त आव्हान गरेको हो ।
नेपाली सेनाले प्रकाशन गरेको सूचना अनुसार, स्वीकृत दरबन्दीभित्र रहेका सैन्य पदहरू खुला तथा समावेशी प्रतियोगितात्मक प्रक्रियाबाट पदपूर्ति गरिनेछ । यसका लागि सेनाले तोकिएको भर्ना केन्द्रमा आवेदन फाराम बुझाउन आवेदकहरूलाई आग्रह गरेको छ ।
योग्य तथा इच्छुक व्यक्तिले आगामी वैशाख २७ गतेसम्म र दोब्बर दस्तुर तिरेर जेठ ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आवेदकको न्यूनतम शैक्षिक योग्यता कक्षा ८ उत्तीर्ण रहेको छ । साथै पुरुषका लागि न्यूनतम ५ फिट ३ इन्च र महिलाका लागि ५ फिट उचाइ अनिवार्य गरिएको छ ।