काठमाडौं, ३१ चैत । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ, यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन सुन तोलामा ३ हजार ९ सय रुपैयाँले बढेर १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी तोलामा ५५ रुपैयाँले बढेर १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।