काठमाडौं, २ वैशाख । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ ।
राष्ट्र बैंकले आज सूचना जारी गरि साबिककै आकार तथा रङ्गमा रुपैयाँ पाँच दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको बताएको हो । नयाँ नोटमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहने राष्ट्र बैंकले जनाएको छ ।
चलनचल्तीमा ल्याउन लागिएका नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप र नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिस नम्बर नेपालीमा वि।सं।२०८१ लेखिएको हुने छ ।
नोटको मध्य भागमा वन्य याक तथा हुम्लाको लिमी क्षेत्रको हिमाल चित्र रहनेछ ।
यसअघि बैंकले २०७७ मंसिर १० गतेदेखि रुपैयाँ ५ दरका बैंक नोट संकेत नम्बर ०००००१ देखि ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने सूचना प्रकाशित गरे पनि आजदेखि संकेत नं.प ०००००१ देखि ५६०००० सम्म मात्र चलनचल्तीमा ल्याइने बताएको छ ।