काठमाडौं, ३ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छ्न् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले दुवै सदनको अधिवेशन बोलाउन बैशाख १२ गतेको मिति सिफारिस गरेको थियो । सोहीबमोजिम राष्ट्रपति पौडेलले बैशाख १२ गते शुक्रबार दिउँसो १ बजेको लागि संसद अधिवेशन बोलाएका हुन् ।
शिक्षक आन्दोलनलाई मध्यनजर गर्दै विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्न सरकारले संघीय संसदको अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो ।