काठमाडौं, ३ वैशाख । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ दशमलव ७५ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ६ सय ९८ दशमलव ९७ को विन्दुमा बन्द भएको छ । मंगलबार २६ दशमलव ५५ अङ्कले बढेको नेप्से २ हजार ६ सय ८८ दशमलव ५५ को विन्दुमा कायम थियो ।
आज कारोबार रकम भने घटेको छ । मंगलबार ८ अर्ब ५४ करोड कारोबार भएकोमा आज ७ अर्ब २६ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ६६ लाख ११ हजार ५३ कित्ता शेयर ६४ हजार ३६० पटक किनबेच भएको छ ।
बुधबार ३२९ धितोपत्र कारोबारमा आए, जसमध्ये १४७ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ९७ धितोपत्रको मूल्य घटेकोे छ भने २ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ८ वटा समूहको उपसूचक बढ्दा ५ समूहको उपसूचक घटेको छ । आज हाइड्रोपावर समूहको उपसूचक सबैभन्दा धेरै १.७२ प्रतिशतले बढेको छ । त्यस्तै व्यापार समूहको १.२३, विकास बैंकको ०.९७, निर्जीवन बीमाको ०.५४, बैंकिङको ०.४६, म्युचुअल फन्डको ०.४४, जीवन बीमाको ०.१३, माइक्रोफाइनान्स समूहको उपसूचक ०.६ प्रतिशतले बढेको छ ।
यस दिन अन्य समूहको उपसूचक सबैभन्दा बढी १.०७ प्रतिशतले घटेको छ । त्यस्तै फाइनान्सको ०.६७, होटल एन्ड टुरिजमको ०.१६, लगानी समूहको ०.३५, उत्पादनमुलक समूहको ०.१६ र माइक्रोफाइनान्स समूहको उपसूचक ०.०६ प्रतिशतले घटेको छ ।
मंगलबार कर्पाेरेट डिभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै नेपाल माइक्रो इन्स्योरेन्स, राधी विद्युत कम्पनी तथा क्रेस्ट माइक्रो इन्स्योरेन्सको समान ९.९९ र ङादी ग्रुपको ७.४६ प्रतिशतले शेयर मूल्य घटेको छ ।
आज गुँरास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ५.५५ प्रतिशतले घटेको छ । त्यस्तै सिन्धु विकास बैंकको ४.३९, रिभर फल्सको २.७० र मन्दनकिनी हाइड्रोपावरको २.५१ प्रतिशतले शेयर मूल्य घटेको छ ।