काठमाडौं, ४ वैशाख । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । अघिल्लो कारोबार दिन बुधबार ९ दशमलव ७५ अङ्कले घटेको परिसूचक आज २६ दशमलव ४९ अङ्कले बढेर दुई हजार ७२२ दशमलव ७३ बिन्दुमा कायम भएको हो ।
आज २ करोड ३७ लाख ७३ हजार ७३१ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ७९ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन ७ अर्ब २६ करोड ५१ लाख रुपैयाँ रुपैयाँको कारोबार भएको थियो ।
आज १८७ धितोपत्रको शेयर मूल्य बढ्दा ५९ को घटेको छ । यसदिन कुल ३११ धितोपत्र कारोबारमा आएका छन् ।
बिहीबार सबै समूहको उपसूचक बढेको छ । आज लगानी समूहको उपसूचक सर्वाधिक ३ दशमलव ०३ प्रतिशत बढेको छ । यसपिछ बैंकिङ १ दशमलव २६, हाइड्रोपावर १ शदमलव १४ र विकास बैंकको १ दशमलव ०९ प्रतिशतले बढेको छ ।
आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन बोटलर्स नेपाल (बालाजु)को ४ दशमलव ४६, गुराँस लघुवित्तको शेयर मूल्यमा ३ दशमलव ३७ हिमालय प्रतिशतले ह्रास आएको छ ।