काठमाडौं, ११ वैशाख । नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीको बिहीबार बसेकोसञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको हाल कायम चुक्ता पूाजी २ अर्ब ५१ करोड रुपैयाँ छ । प्रस्तावित उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनीले पाउने छन् ।