काठमाडौं, १२ वैशाख । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबारको तुलनामा आज सुनको मुल्य प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा २ सय रुपैयाँले बढेर १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।