काठमाडौं, २९ वैशाख । चालू आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा ११ खर्ब ९१ खर्ब ३१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ, जुन गत आवको चैतसम्मको तुलनामा १० प्रतिशतले बढी हो । यस्तो रेमिट्यान्स गत आवको सोही आवधिमा १७ शमलव ०२ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७।३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५।२ प्रतिशतले बढेको थियो ।
चालू आवको चैतसम्ममा वैदेशिक रोजगारीका लागि ३ लाख ५८ हजार २२२ जनाले अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिएका छन् । सोही अवधिमा २ लाख ४९ हजार ६५२ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या क्रमशः ३ लाख २७ हजार ८४२ र २ लाख ११ हजार २२६ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको चैतसम्ममा खुद द्वितीय आय ९खुद ट्रान्सफर० रु।१३०१ अर्ब ९४ करोड पुगेको छ ।