काठमाडौं, ३१ वैशाख । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १३ दशमलव ८४ अङ्कले घटेर दुई हजार ६२० दशमलव ३९ बिन्दुमा कायम भएको हो ।
आज १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड ६५ लाख बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ९ अर्ब ६३ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ६२ धितोपत्रको शेयर मूल्य बढ्दा १८३ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३१५ धितोपत्र कारोबारमा आएका छन् ।
बुधबार १३ समूहको उपसूचकमध्ये ११ को घटेको छ भने २ समूहको उपसूचक बढेको छ । आज अन्य २ दशमलव ६९ र विकास बैंक शून्य दशमलव ८६ प्रतिशतले बढेको छ । यस्तै हाइड्रोपावर १ दशमलव ९६, होटेल तथा पर्यटन १ दशमलव ७४, निर्जीवन बीमा १ दशमलव ४३, व्यापार १ दशमलव १९, लगानी १ दशमलव ०८, जीवन बीमा शून्य दशमलव ८८, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७७, माइक्रोफाइनान्स शून्य दशमलव २३, फाइनान्स शून्य दशमलव ०९, बैंकिङ शून्य दशमलव ४ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ०२ प्रतिशतले ह्रास आएको छ ।
आज ओम मेगाश्री ९ दशमलव ९८, पिपुल्स पावर ८ दशमलव ६४, उपकार लघुवित्त ६ दशमलव ३, नेपाल रिइन्सुरेन्स ६ दशमलव १६ र लुम्बीनि विकास बैंकको शेयर मूल्य ३ दशमलव ५ प्रतिशतले बढेको छ ।
यसदिन गुराँस लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै नेपाल माइक्रो इन्सुरेन्स ९ दशमलव ७३, बारही हाइड्रोपावर पब्लिक ९ दशमलव ५५, क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स ७ दशमलव ६८ र युनिभर्सल पावर कम्पनीको शेयर मूल्य ७ दशमलव ६९ प्रतिशतले घटेको छ ।