काठमाडौं, ७ वैशाख । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले शपथग्रहण गरेका छन् ।
बुधबार बिहान आयोजित विशेष समारोहमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गभर्नर पौडेललाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
शपथ लिएसँगै गभर्नर पौडेलले अब बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा पुगेर कार्यभार सम्हाल्ने छन् ।
मन्त्रिपरिषद्बाट नियुक्त गभर्नरले प्रधानन्यायाधीशबाट शपथ लिने संवैधानिक व्यवस्था छ ।
पौडेललाई मंगलबारको मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकको १८औं गभर्नर नियुक्त गरेको थियो ।